free website hit counter

सुनको भाउ घट्ने क्रम रोकिएन, छैटौं दिन पनि घटेरै कारोबार

beemaadmin
२०८० आश्विन १५, सोमबार

काठमाडौं । आज सोमबार पनि सुन चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । गत साताको मंगलबारदेखि सुनको मुल्य घटेको छ । त्यस्तै, आज तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ, आइतबार प्रतितोला आठ सय रुपैयाँ र सोमबार प्रतितोला एक सय रुपैयाँ गरी छ दिनमा सुनको भाउ प्रतितोला चार हजार तीन सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार