free website hit counter

सुनको मूल्यमा आज पनि रेकर्ड

beemaadmin
२०८० फाल्गुन २७, आईतवार

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख२६ हजार तोकिएको छ । शुक्रबार प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजारले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २४ हजार ४ सय थियो । त्यस्तै आज चाँदीको मूल्य शुक्रबार दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ७५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार