free website hit counter

सुनको मूल्यमा गिरावट

beemaadmin
२०८१ चैत्र ११, मंगलवार

काठमाडौं । चैत १२ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य पछिल्ला केही दिनदेखि निरन्तर घटेको छ । यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको कारोबार गत आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार