free website hit counter

सुनको मूल्यमा ठूलो गिरावट

beemaadmin
२०८० माघ ३, बुधबार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.२६ प्रतिशत अर्थात २५.८८ डलरले घटेको हो । यो गिरावट सँगै सुनको मूल्य प्रतिऔंस २०२८.४४ डलरमा झरेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १।२९ प्रतिशतले घट्दै प्रतिऔंस २२.८७ डलर कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य मूल्य प्रतिऔंस २०४९.५१ डलर थियो । नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

नेपाली बजारमा घट्यो सुनको मूल्य

बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदी १५ रुपैयाँले घटेर एक हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो

सम्बन्धित समाचार