free website hit counter

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८२ कार्तिक ९, आईतवार

काठमाडौं । लामो बिदापछिको पहिलो कारोबार दिन कार्तिक ९ गते नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कार्तिक ३ गते सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । तिहार विदापछि खुलेको बजारमा एकै पटक भारि गिरावट भएको हो । यस दिन चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत कार्तिक ३ गते सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार