free website hit counter

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १४, बिहीबार

आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८५ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुनको भाउ १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ पुगेको थियो। यससँगै दुई दिनमै सुनको मूल्य ६ हजार ५ सय रुपैयाँले घटेको देखिएको छ।

यसअघि गएको मंगलबार भने सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ८० रुपैयाँ थियो।

यसअघि गएको माघ १५ गते सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

त्यस्तै, माघ १८ गते चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिएको छ।

माघ १५ गते नै चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

सम्बन्धित समाचार