free website hit counter

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

beemaadmin
२०८२ भाद्र २२, आईतवार

काठमाडौं । भदौ २२ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। गत साता पनि दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्यले यस दिन ती रेकर्डहरुलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम सुनको मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन अर्थात गत शुक्रबारको तुलनामा यस दिन सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो। गत शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार