काठमाडौं । कात्तिक १४ गते बुधबार, सुनको भाउ पुनः ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । तिहारको समयमा सुन र चाँदीको खरिद बिक्री बढ्ने गर्दछ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त मूल्य नै हालसम्मकै उच्च हो । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम सुनको मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो । यस दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँ खरिदबिक्री भएको छ । मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।