काठमाडौं । बुधबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। यस दिन सुनको भाउ एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघको तथ्याँक अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाचख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो। यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो। सोपश्चात पुनः ९० हजारभन्दा तल झरेको थियो।
पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ। डलरको भाउ महँगो हुँदा समेत सुनको भाग महँगिदै गएको छ। यस्तै बुधबार चाँदी भने प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ४० रुपैयाँले बढेको हो।