free website hit counter

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

beemaadmin
२०८१ भाद्र ९, आईतवार

काठमाडौं । आईतबार सुनको र चाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार