free website hit counter

सुनको मूल्य हालसम्मकै मंहगो

beemaadmin
२०८१ असार २४, आईतवार

काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकै दिन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेरर प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सम्बन्धित समाचार