free website hit counter

सुनचाँदीको मूल्यमा गिरावट

beemaadmin
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं । चैत २६ गते, बिहीबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। यसदिन सुन प्रतितोला चार हजार ३०० रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुनको मूल्य दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ८७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार