free website hit counter

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाईली

beemaadmin
२०८१ असार १७, आईतवार

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् । शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् । अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्धन्दी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी केशबहादुर सुनारले १५९ मत प्राप्त गरेका छनु । द्धितिय उपाध्यक्षमा बुद्धि बहादुर विके दियालीले २६४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी मानबहादुर विश्वकर्मा (एमवि) ले १६६ मतमा चित्त बुझाउन पर्यो । तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा ९राजु धमला० ले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिवमा किरणभाइ बज्राचार्यले २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन पर्यो । कोषाध्यक्षमा सुदिप श्रेष्ठले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी सुबिन बज्राचार्यले १८४ मत प्राप्त गरेका छन् । सचिव दुई जनामा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेद्वार २६१ दियालीले मत पाएका थिए । उनीहरुका प्रतिद्धन्दी भीमबहादुर सुनारले १५६ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राजेन्द्र विश्वकर्माले १६७ मतमा चित्त बुझाउन पर्यो । त्यस्तै सहकोषाध्यक्षमा पद्म सुन्दर शाक्य २६३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी किसन मास्केले १५७ मत प्राप्त गरेका छन् । सार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजे सम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए ।महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए। ०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाईली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए । नवनिर्वाचित अध्यक्ष रसाईली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्य समेत रहेका थिए । २०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाईलीलाई मिलेको छ ।

सम्बन्धित समाचार