free website hit counter

सुनसरीको खनारमा सनराइज बैंकको शाखा

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । शाखा विस्तारको क्रममा रहेको सनराइज बैंकले बैंकले सुनसरी स्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ । सो शाखाको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका लाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६ वटा ए।टी।एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार