काठमाडौं । नेपाली बजारमा जेठ २८ गते, मंगलबार सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा नै स्थिर रहेको छ । यस दिन चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।