काठमाडौं । चैत १७ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।