free website hit counter

सुन तोलाका १ लाख २० हजार ७०० मा कारोबार

beemaadmin
२०८० पुष ११, बुधबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैबिच मंगलबार १४८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार सामान्य घटेर १४७५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार