free website hit counter

सुमधुर सम्बन्धका सूत्र

beemaadmin
२०८० असार २५, सोमबार

प्रेम सम्बन्ध होस् वा विवाहित जीवन होस् एक चरणमा सम्बन्ध नराम्रो हुने र राम्रो समझदारी नहुनेजस्तो समस्या आउँछ। समझदारी राम्रो हुँदा ठीकठाक चलिरहेको सम्बन्ध नराम्रो हुन बेर लाग्दैन। आफ्नो पार्टनरलाई राम्रोसँग बुझ्न नसक्दा वा जिम्मेवारीबाट टाढा हुने प्रयासले असमझदारी बढ्न सक्छ। त्यसैले सम्बन्धलाई राम्रोसँग अघि बढाउने हो भने दुईजनाबीचको असमझदारी हटाउनु जरुरी हुन्छ। यहाँ सम्बन्धलाई सुमधुर राख्ने केही तरिका उल्लेख गरिएको छ

साथीको भावनालाई महत्व दिनु
हरेक मानिसको प्रेम देखाउने र त्यसलाई व्यक्त गर्ने तरिका फरक हुन्छ। त्यसैले आफ्नो पार्टनरको बारेमा एकपक्षीयरुपमा गलत धारणा बनाउनु हुँदैन। कहिलेकाहीँ पतिरपत्नीले आफ्नो पार्टनरले आफूलाई प्रेम नगरेको महसुस गर्छन् र यसले असमझदारी निम्त्याउने गर्छ। आफ्नो पार्टनरको प्राथमिकतालाई बुझेर उनलाई गलत बुझ्नुको सट्टा खुलेर कुराकानी गर्नाले दुईजनाबीचको समझदारी बढ्न सक्छ। आफूले प्रेम गरेको मानिसको भावनाको सधैं कदर गर्नुपर्छ।

‘इगो’ त्याग्नुस्
कहिलेकाहीँ गल्ती तपाइँको पनि हुन्छ तर तपाइँको पार्टनरले यो कुरालाई अघि नबढाउन ‘सरी’ भनिदिन सक्छ। तपाइँलाई यो ठीक हो जस्तो लाग्न सक्छ तर यो बानीलाई पार्टनरले बिस्तारै अर्कै हिसाबले लिन सक्छ। उसले सरी भने पनि मनमा भने धेरै किसिमका कुरा चलिरहेको हुन्छ। जसले असमझदारी बढाउन सक्छ। त्यसैले आफ्नो गल्ती भएको अवस्थामा त्यसलाई स्वीकार गर्दै आफ्नो ‘इगो’लाई सम्बन्धको बीचमा नल्याउनाले असमझदारीको समस्या समाधान हुन सक्छ।

जिम्मेवारी सक्हालनुहोस्

वैवाहिक जीवनमा पति र पत्नी दुवैको आ–आफ्नो जिम्मेवारी हुन्छ। दुवैले यो जिम्मेवारीबाट पन्छिने प्रयास गर्नुहुँदैन। तपाइँ आफ्नो जिम्मेवारीबाट भाग्न खोज्नुहुन्छ भने यसले पार्टनरको मनमा तपाइँप्रति नकारकात्मक धारणा विकास हुन सक्छ। कहिलेकाहीँ तपाइँको पार्टनरले जिम्मेवारी बहन नगरेको जस्तो महसुस हुँदा पनि दुईजना बसेर यस विषयमा आरामले कुरा गर्नुहोस्, जसले असमझदारी हुने सम्भावना कम हुन्छ।

वाचा नभुल्नुस्
विवाहभन्दा पहिला गरिएको धेरै वाचा मानिसहरुले पूरा गर्न सक्दैनन्। यसले वैवाहिक जीवनमा असझदारी बढाउन सक्छ। त्यस्तै विवाह गरेपछि पनि पतिपत्नी आफ्नो सम्बन्धमा प्रतिबद्ध नरहेको कारण पनि असमझदारी बढ्ने गरेको छ। त्यसैले विवाह वा प्रेम सम्बन्धमा जोडिएपछि सम्बन्धप्रति प्रतिबद्ध पनि हुनु जरुरी हुन्छ। यो सम्बन्धमा जोडिनुपूर्व वा जोडिएपछि गरेको वाचालाई गम्भीररुपमा लिँदै निभाउनुपर्छ। यसले दुईजनाबीचको समझदारी बढाउँछ।

सम्बन्धित समाचार