free website hit counter

सुशान्तकी गर्लफ्रेण्डसँग बयान लिने तयारी

beemaadmin
२०७७ असार ३, बुधबार

आत्महत्या गरिएका भनिएका बलिउड अभिनेता सुशांत सिंह राजपूत आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले अहिलेसम्म ९ जनाको वयान लिएको छ। चाँडै सुशान्तकी गर्लफ्रेण्ड भनिएकी रिया चक्रवर्तीको पनि वयान रेकर्ड गर्ने तयारी छ। उनलाई चाँडै बोलाइने बताइएको छ। सुशान्तको घरमा सँगै बस्दै आएका क्रियटिभ म्यानेजर सिद्धार्थ पीठानी, घरको रेखदेख गर्दै आएका दिपेश सावंत, सामान ल्याउने भान्से, पिता केके सिंह, दुई बहिनी, मित्र महेश शेट्टीलगायतको वयान लिइएको हो। अपार्टमेन्टका चावीवालाको सुरुमै वयान लिइसकिएको छ। मुम्बईमा बस्दै आएकी एक बहिनीको बयान भने पुरा भएको छैन। सुशान्तको आत्महत्यालाई धेरैले शंकास्पद रुपमा लिएका छन्। केहीले त बलिउडको गुटबन्दीको शिकार सुशान्त भएको र यसैकारण डिप्रेशनमा गएको उल्लेख गरेका छन्। सुशान्तको निधनलाई लिएर चौतर्फी प्रश्न उठेपछि प्रहरीले पनि छानविनको दायरा बढाएको छ। सुशान्तसँग जोडिएका सबै दस्तावेज र प्रमाणमा आधारित भएर छानविन अघि बढाएको हो। मंगलवार प्रहरी टोलीले उनको घरबाट केही कागजात र ल्यापटप जाँचका लागि जफत गरेको छ। प्रहरी टोली सुशान्तको घर पुग्दा त्यहाँ परिवारका सदस्यका साथै पूर्वप्रेमिकका अंकिता लोखंडे पनि उपस्थित थिइन्। प्रहरीले सुशान्तको मोबाइल पनि जफत गरेको छ। मोबाइलका अलावा प्रहरीले सुशान्तका निजी चिकित्सकको फाइल पनि जफत गरेको छ। कागजात, मोबाइल र ल्यापटपबाट प्रहरीले सुशान्तमाथि कसले दबाब बढाएको थियो भन्नेबारे जानकारी लिने प्रयास गरिरहेको छ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार