free website hit counter

सुशान्तको अन्तिम ट्रेलरले बनायो रेकर्ड (ट्रेलरसहित)

beemaadmin
२०७७ असार २३, मंगलवार

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलरले रिलिज भएको २४ घण्टा नबित्दै कैयौं रेकर्ड तोडेको छ । यो समाचार लेख्दासम्म फिल्मको ट्रेलर रिलिज भएको २१ घण्टा भएको छ र ट्रेलर २५ मिलियन भन्दा धेरैपटक हेरिसकिएको छ । यो फिल्म डिज्नी हटस्टारमा रिलिज हुँदैछ । फिल्म नन सब्सक्राइबरले पनि हेर्न पाउनेछन् अर्थात यो फिल्म निःशुल्क हेर्न पाइनेछ । ट्रेलरलाई ५.५ मिलियन भन्दा धेरैले लाइक गरिसकेका छन् । यति कम समयमा यति धेरै भ्यू र लाइक आउनु आफैंमा निकै ठूलो उपलब्धी हो । फिल्मले २१ घण्टामा साढे ५ मिलियन लाइक पाएको छ । सुपरस्टार ऋतिक रोशनको फिल्म सुपर ३० ले रिलिजपछि अहिलेसम्म १.४ मिलियन लाइक मात्र पाएको छ । आलिया भट्टको फिल्म राजीले ३ लाखभन्दा केही बढी लाइक पाएको छ । सारा अली खानको लभ आजकलले ६ लाख लाइक, वरुण धवन र श्रद्धा कपूरको स्ट्रिट डान्सर थ्रीडीले करिब ९ लाख लाइक पाएको छ । यो फिल्मले खानहरुलाई पनि उछिनेको छ । शाहरुख खानको फिल्म जीरोको ट्रेलरले अहिलेसम्म २ मिलियन लाइक पाएको छ । आमिर खानको दंगलले ३ लाख ७५ हजार र सलमान खानको सुल्तानले २ लाख २९ हजार लाइक पाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार