काठमाडौं । जीवन बीमा बजारमा आफ्नो गौरवमय उपस्थिति जनाएको सूर्यज्योति लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड चुक्ता पुँजी र जगेडा कोषमा २ अर्ब ५८ करोड पुर्याएको छ । एक वर्षको अवधिमा जगेडा कोषको रकम १२२ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ३० दशमलव ०४ प्रतिशतले वृद्धि हुँदै २४ अर्ब ७३ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा १९ अर्ब १ करोड थियो । तेश्रो त्रैमाससम्म कम्पनीले ५३ करोड ७६ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा ३५ करोड ७२ लाख थियो । ९ महिनामा कम्पनीले ६ अर्ब २० करोड माथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दावी भुक्तानी ६३ दशमलव ८१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४९ करोड पुगेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर नेट्वर्थ १६४ रुपैयाँ ३६ पैसा रहेको छ भने वार्षिक प्रति शेयर आम्दानी १५ रुपैयाँ ७७ पैसा छ ।