free website hit counter

सूर्यज्योति लाइफको नाफा २५.५ करोड

beemaadmin
२०७९ माघ २९, आईतवार

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३.५३ प्रतिशतले मात्रै धेरै हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद नाफा भने ८२.०५ प्रतिशतले बढेर २८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको नाफा हो । कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ५० करोड ७६ लाख रुपैयाँ, बीमालेख धितोमा ३ अर्ब २९ करोड ८९ लाख रुपैयाँ लगानी गरी १२ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
दुई कम्पनीबीच मर्जर पश्चात चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा २ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ, जीवन बीमा कोषमा २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३५ करोड ५५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५० पैसा, प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात ३०।९५ गुणा रहेको छ । कम्पनीले यस अवधिमा ८ लाख २ हजार ३८९ वटा बीमालेख जारी गरी २ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

सम्बन्धित समाचार