free website hit counter

सूर्यज्योति लाइफको नाफा ३५ करोड

beemaadmin
२०८२ श्रावण २९, बिहीबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवमा ३५ करोड रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३४ करोड ५२ लाख रुपियाँ नाफा कमाएको थियो । यस्तो नाफा १.४५ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २२.८३ प्रतिशतले बढेर ११ अर्ब १८ करोड रुपियाँ पुगेको छ । कुल आम्दानी भने १५ अर्ब १३ करोड र कुल खर्च १४ अर्ब ५२ करोड रुपियाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.८९ रुपियाँबाट बढेर ६.९९ रुपियाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.८५ रुपियाँ छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपियाँ छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार