free website hit counter

सूर्यज्योति लाइफद्वारा ८ महिनामा ५४ करोड ८२ लाख दाबी भुक्तानी

beemaadmin
२०८१ चैत्र ३, सोमबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५४ करोड ८२ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले तथ्यांक अनुसार चालू आव २०८१–८२ को फागुन महिनासम्ममा बीमितले कुल १ हजार ५५६ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् । कुल दाबी भुक्तानी वापतको रकममध्ये फागुन महिनामा मात्र १२.१६ प्रतिशत रकम बीमितलाई भुक्तानी गरिएको छ। फागुन महिनामा कुल १९८ दाबी वापत ६ करोड ६७ लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।

सम्बन्धित समाचार