free website hit counter

सूर्यज्योति लाइफमा ६ जना सञ्चालक नियुक्त

beemaadmin
२०८० जेष्ठ १९, शुक्रबार

काठमाडौं । सूर्य लाइफ र ज्योति लाइफबीच मर्जरपश्चात एकीकृत कारोबार थालेको सूर्यज्योति लाइफमा ६ जना संचालक नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संचालक समिति संस्थापक समुह (क) का शेयरवालाको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समुह ख बाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ संचालक नियुक्त गर्ने प्रस्ताव गरेको हो । सोही अनुरुप कम्पनीमा संस्थापक समुह कबाट प्रतिनिधित्व गर्ने संचालकहरुमा केशव प्रसाद भट्टराइ, नन्द किशोर शर्मा र विवेक झा रहेका छन् भने समुह खबाट प्रतिनिधित्व गर्ने संचालकहरुमा हेमन्त नाहाटा, आकाश गोल्छा र प्रिया तायल नियुक्त भएका हुन् । कम्पनीको सोही साधारण सभाले पारित गरेसँगै कम्पनीको जेठ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराइ ुिक्त भएका हुन् । उनले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार