free website hit counter

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पायो आईएसओ गुणस्तर चिह्न

beemaadmin
२०७९ पुष २२, शुक्रबार

काठमाण्डौ । युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षण सम्पन्न गरी आईएसओ ९००१ः२०१५ द्वारा सूर्यज्योति लाइफ इन्स्योरेन्स कमपनीलाई मान्यता प्रदान गरेको छ। उक्त मापन कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहीमाझ पुर्याउँदै आएको सेवासुविधाको गुणस्तरको आधारमा गरिएको थियो। सूर्यज्योति लाइफले गत जनवरी ४ मा आधिकारिक गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको हो। यो गुणस्तर प्रमाण चिह्न प्राप्त गरेपश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतलाई सेवा सुविधामा थप सबल र सहज पार्दे जानेमा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।
यसका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्सले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समयसापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परिस्कृत गर्दै लैजाने खत्रीले प्रतिबद्धता पनि व्यक्त गरे।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार