free website hit counter

सूर्या–ज्योतिको एकीकृत कारोबार पुस ७ बाट

beemaadmin
२०७९ पुष ५, मंगलवार

काठमाण्डौ । सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा गरी बिहीबार ९पुस ७ गते० बाट एकीकृत जीवन बीमा कारोबार सुरु गर्ने भएका छन्। यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा प्राधिकरणले मंसिर २९ गते अन्तिम स्वीकृति दिएको थियो। त्यसअघि गत कात्तिक २८ गते सम्पन्न दुवै कम्पनीको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई पारित गरेको थियो। अब सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत जीवन बीमा कारोबार हुनेछ। डाटा माइग्रेसन तथा सिस्टम इन्टेग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने पनि दुवै कम्पनीले जनाएका छन्। यी दुवै कम्पनीबीच गत असार १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। सूर्या लाइफ र ज्योति लाइफबीच १ः०।८२ सेयर अनुपात कायम मर्जरमा गएका हुन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार