free website hit counter

सूर्या लाइफको खुद नाफा ९५ करोड

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्टअनुसार सूर्या लाइफ इन्स्योरेन्स १ अर्ब २८ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.९७ प्रतिशत अर्थात ३३ करोड ३३ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ९५ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस अवधिमा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि १५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड ३७ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा १० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट २८ करोड ६२ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जाबाट २ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ। चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको पुर्याएको इन्स्योरेन्सको जगेडा कोषमा ५६ करोड ८९ लाख ९४ हजार रुपैयाँ, जीवन बीमा कोषमा ६ अर्ब २१ करोड ४९ लाख र महाविपत्ति कोषमा ९ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

Advertisement
Advertisement

कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ लाख ४२ हजार ८८५ बीमालेख जारी गरी १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले ६९७ दाबी बापत १६ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४५९ दाबी बापत ३ करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार