free website hit counter

सूर्या लाइफको तीन लाख कित्ता शेयर लिलामीको तयारी

beemaadmin
२०७६ कार्तिक १०, आईतवार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले यही कात्तिक २४ देखि ३ लाख ९ हजार ३०२ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारणहरुको तर्फको २ लाख ८१ हजार ९१२.८ कित्ता शेयर गरी सो बराबरको शेयर लिलामीमा बिक्री गर्न लागेको जनाएको छ ।
इन्स्योरेन्सले गत भदौ ८ देखि असोज १२ गते म्म ८८ करोड ७४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रदमा शयेर बिक्री नभएको बाँकी शेयर लिलामीमा आउने भएको हो ।
कम्पनीको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमा तोकिएको छ । त्यस अनुसार न्युनतम मूल्य भन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्नेछ । आबेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक तर्फ अधिकतम सबै कित्ताको लागि र सर्वसाधारण तर्फ अधिकतम ५० हजार कित्ता सम्मको लागि मात्रै आबेदन गर्न सकिनेछ ।
बोलपत्र पेश गर्न इच्छुकले कम्पनीको शेयर बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल र सुर्या लाइफको वीरगंज, नेपालगंज, बुटलव, पोखरा, धन्गढी, महेनद्रनगर र इटहरी शाखामा मंसिर १ गते सम्ममा आबेदन दिन सकिने जनाइएको छ ।

सम्बन्धित समाचार