काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोगविरुद्धको दावी रकम हस्तानतरण गरेको छ । कम्पनीले इस्मा गाउँपालिका ४ गुल्मीका बीमित मधु खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले खत्रीलाई उक्त चेक हस्तान्तरण गरेका थिए । खत्रीले १० लाख बीमाङ्कको बीमालेख लिएको १ वर्ष बिते लगत्तै मृगौला फेल भएको कारण उनलाई बीमाशूल्क रकममा थप १६९० रुपैयाँ भुक्तान गरी कम्पनीले घातक रोग बापतको बीमाङ्क १० लाख खत्रीलाई हस्तान्तरण गरेको जनाएको छ । कम्पनीको अनुसार उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि नरन्तर रहने छ ।