काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
कम्पनीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १० करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही समयमा भने ७ करोड ८७ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी १२ करोड ८८ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ११ करोड २२ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको खर्च २ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ३ करोड ३४ लाख रुपैयाँ रहेको थियो । सूर्या लाइफले कुल कायम गरेको बीमालेखको संख्या २ लाख ५५ हजार रहेको छ ।