काठमाडौं । अब सूर्या लाइफ इन्स्योरेन्सको बिमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरि
बुझाउन सकिने भएको छ । यससम्बन्धी दुई कम्पनीबीच समझदारी भएको छ । यो सम्झौतापछि सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउने छन् भने भीडभाड र समयको पनि बचत हुनेछ ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । एनआईसी एसिया बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिँदै आइरहेकोमा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको सम्झौता गरेको हो ।
उक्त समझदारीअनुसार सूर्या लाइफका ग्राहक महानुभावहरुले यस बैंकका क्यूआर कोड, कार्ड पीओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सकिन्छ ।
आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध हुनेछ ।