काठमाडौं । बीमितको असामयिक निधन भएपछि युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आश्रित परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको मंगलसेन शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मंगलसेन नगरपालिका १४ कालागाउँका मृतक बीमित लक्ष्मण सोडारीको हकवाला श्रीमति सीता सोडारीलाई चेक हस्तान्तरण गरेको हो । मंगलसेन शाखाका प्रमुख पंकज बहादुर साउदले एक कार्यक्रमकाबीच बीमितको परिवारलाई २ लाख ३२ हजार ३१२ रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख साउदसहित ब्यापक स्टाफ टंक बोहरा, एजेन्सी म्यानेजर रञ्जना कुमारी रावल सोडारी लगायतको सहभागिता रहेको थियो ।