free website hit counter

सोमबार बढ्यो सुनको मूल्य

beemaadmin
२०७९ जेष्ठ १६, सोमबार

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९८ हजार २ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। यता, चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार