काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ गतेदेखि आज २१ गतेसम्म बिक्री खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँट भएको छ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपियाँ बराबरको प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १८ लाख ८२ हजार ४ सय २२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका थिए उक्त कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाएका छन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ ।