free website hit counter

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

beemaadmin
२०८२ भाद्र १२, बिहीबार

काठमाडौं । भदौ १२ गते, बिहीबार, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडपाँट गर्दा बाँकी रहेको ५ कित्ता शेयर पनि सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ। जस अनुसार ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार