free website hit counter

स्वास्थ्यकर्मीको ५० लाखको बीमा गरिदिन माग

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

वीरगञ्ज । आफ्नो ज्यान जोखिममा राखेर विरामीको उपचार गर्ने चिकित्सकहरुको जीवनको सुरक्षाका लागि सरकारले सकेजति सबै प्रयास गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा कार्यरत सबैको सुरक्षाका लागि आवश्यक हुन दिन हुँदैन । यही बेला
प्रतिनिधिसभाका सांसद प्रदीप यादवले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न माग गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सांसद यादवले कोरोना भाइरसविरुद्ध दिन रात नभनी काममा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई सुरक्षित महसुस गराउन सरकारसँग माग गरेका छन् । सबै स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको सुरक्षित पहिरन उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
यादवले विज्ञप्तीमार्फत् महामारीले गर्दा विश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदनशील घडीमा आम मानिसको स्वास्थ्यका लागि देशभरमा खटिँदै आएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको सवालमा संघीय सरकार, प्रदेश नं २ सरकार, स्थानीय सरकार र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी, उनले सरकारलाई शहरका ठूला अस्पतालदेखि गाउँघरका स्वास्थ्य संस्थासम्ममा मास्क, सेनिटाइजर र सुरक्षित पोषाक उपलब्ध गराउन आग्रह गरेका छन् । समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका संसाद यादवले यो महामारीमा कार्यक्षेत्रमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि अप्रिय व्यवहार गर्ने व्यक्तिलाई दण्डित गर्नसमेत उनले माग गरेका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

सूर्य ज्योति लाइफ १७औं वर्षमा

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार