free website hit counter

स्वास्थ्यकर्मी ‘मैदान’मै ढलेपछि यौनकर्मीलाई समस्या

beemaadmin
२०७७ श्रावण २९, बिहीबार

एजेन्सी । व्यवसायिक यौनकर्मीसँग यौन सम्बन्धको क्रममा एक स्वास्थ्यकर्मीले ज्यान गुमाएपछि यौनकर्मीलाई समस्या परेको छ । नाइजेरियाको लागोसको अकेसान रोडमा रहेको एक वेश्यालयको एउटा कोठामा ४० वर्षका फार्मासिस्ट बासे असुकोको मृत शरीर फेला परेको द स्ट्रिट जर्नलले जनाएको छ । मृतकले एक व्यवसायिक यौनकर्मीसँग यौन सम्बन्ध राखेपछि ढलेको बताइएको छ । बासे अघिल्लो रातको १० बजेको समयमा बारमा केही मदिरा पिएपछि वेश्यालयमा गएको बताइएको छ ।
वेश्यालय प्रबन्धकले खबर गरेपछि इगाण्डो डिभिजनका पुलिसकर्मी घटनास्थल पुगेका थिए जहाँ बासेको मृत शरीरलाई हेर्न मानिसहरुको भीड लागेको थियो । घटनास्थलमा एक चुरोटको प्याकेट, एउटा इन्हेलर र दाग लागेको कट्टु बरामद भएको छ । उनको साथमा रहेकी व्यवसायिक यौनकर्मी भने फरार भइसकेकी थिइन् ।

रिपोर्टका अनुसार भागेकी यौनकर्मी महिलाले होटलका म्यानेजरसँग फोनमा सम्पर्क गरेकी थिइन् । उनले फोनमा बासेलाई सास फेर्न समस्या भएको उनले इन्हेलर लिने प्रयास गरिरहेको तर सफल हुन नसकी उनको मृत्यु भएको महिलाले म्यानेजरलाई बताएकी थिइन् । उनलाई यसबारे थब बताउन अल्झाउने प्रयास गरे पनि त्यो प्रयास सफल हुन सकेन किनकि उनले म्यानेजरलाई आफू गिरफ्तारीबाट बच्न देशको सीमा पार गरेर भाग्न लागेको बताएकी थिइन् । वेश्यालयका २ जना कर्मचारीलाई पक्राउ गरिएको छ ।

सम्बन्धित समाचार