free website hit counter

स्वास्थ्यका प्रमुख विशेषज्ञ आजका नियुक्ति हुँदै (सिफारिशमा को को ?)

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयको रिक्त तीनवटा प्रमुख विशेषज्ञ पदमा आज बस्नेमन्त्रिपरिषद्को बैठकले नियुक्ति गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त तीन पदका लागि पाँच जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेर पठाएको थियो । सिफारिश गरेर पठाइएका नामहरुमा डा. दिपेन्द्र रमण सिंह, डा. भीमसिंह टिंकरी, डा. केदार सेन्चुरी, डा. महेन्द्रप्रसाद श्रेष्ठ र डा. रोशन पोखरेल रहेका छन् । यीमध्ये डा. सिंह नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा, डा. टिंकरी स्वास्थ्य सेवा विभागको डाइरेक्टर छन् भने श्रेष्ठ प्रवक्ता रहेका छन् । पोखरेल कोशी अञ्चल अस्पतालको प्रमुख हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कार्यरत छन् । स्रोतकाअनुसार मन्त्रिपरिषद्ले डा. सिंह, डा. श्रेष्ठ र डा. पोखरेललाई १२औं तहमा पदोन्नति गर्ने बताइएको छ ।

सम्बन्धित समाचार