free website hit counter

स्वास्थ्य बीमा बापत १०.५ अर्बको भुक्तानी

beemaadmin
२०८० जेष्ठ १०, बुधबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको बैशाखसम्ममा १० अर्ब ४४ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष भित्र ७ पटक गरी सो बराबरको दाबी रकम बोर्डमा आवद्ध सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो । बोर्ड संञ्चालक समितिको बैशाख २६ गते बसेको बैठकको सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबीरकम पूर्ण तथा आशिंक पेश्की फर्छौट गर्ने निणर्य गरेको हो । उक्त निर्णय अनुसार बोर्डले ३४७ वटा सेवा प्रदायक संस्थाहरुलाई सातौँ पटक एक अर्ब ८९ करोड ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, दोस्रो पटक ६६ करोड ८१ लाख रुपैयाँ, तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख रुपैयाँ, चौथो पटक १ अर्ब १८ करोड ६ लाख रुपैयाँ, पाँचौ पटक १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ र छैटौं पटक १ अर्ब ६३ करोड ६४ लाख भुक्तानी गरेको थियो । स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितहरुको दाबी रकम बीमा बोर्डमार्फत सेवा प्रदायक संस्थाहरुलाई उपलब्ध गराएको हो । सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

सम्बन्धित समाचार