काठमाडौं । सरकारले रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । उप्रेती चार वर्षका लागि नियुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि स्वास्थ्य मन्त्रालयले डा. उप्रेतीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।