free website hit counter

स्वास्थ्य बीमा बोर्डमा झण्डै ४ अर्ब मौज्दात

beemaadmin
२०८० चैत्र २७, मंगलवार

काठमाण्डौ । आम नेपाली जनताको पहुँच स्वास्थ्यमा पुगोस् भनेर शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम नेपालको कुल जनसंख्यामध्ये २६.५४ प्रतिशत जनसंख्यामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम ७७ लाख ४१ हजार ४८३ जना जनसंख्या स्वास्थ्य बीमा सेवामा जोडिएका हुन् । कुल बीमितमध्ये स्वास्थ्य बीमा सेवा लिनेको संख्या भने ४७.१८ प्रतिशत मात्रै रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार ३६ लाख ५२ हजार ४३२ जनसंख्याले स्वास्थ्य बीमा सेवा लिएका छन् । साथै नवीकरण गर्ने बीमितको संख्या भने ६२.११ प्रतिशत अर्थात् ४८ लाख ८ हजार ७६० जना रहेका छन् । बोर्डका अनुसार कुल बीमित परिवार संख्या २३ लाख ९२ हजार ६७६ रहेको छ । बोर्डले चालु आवको फागुन १० गतेसम्म सेवा प्रदायक अस्पतालहरुलाई गरेको कुल भुक्तानी ६ अर्ब ४४ करोड १६ लाख रुपैयाँ पुगेको छ । हालसम्म बोर्डमा स्वास्थ बीमा कार्यक्रममार्फत मौज्दात रकम ३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ रहेको छ । हाल स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्ला र ७५२ स्थानीय तहमा पुगेको छ । बाँकी रहेको काठमाण्डौ उपत्यकाको एउटा स्थानीय तह बुढानिलकण्ठ नगरपालिकामा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए । वित्तीय साधनको समतामुलक परिचालन गर्दै पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी वित्तीय संरक्षण प्रदान गर्न र सेवा प्रदायक स्वास्थ्य संस्थाको क्षमता तथा जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यका लागि स्वास्थ्य बीमा बोर्ड निरन्तर रुपमा प्रयास गर्दै अगाडि बढेको बसौलाले बताए । स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न वर्गहरुको आबद्धता रहेको छ । बोर्डका अनुसार चैत १८ गतेसम्ममा अति गरिब बीमितको संख्या ५ लाख १४ हजार ६१८ रहेको छ । त्यस्तै, जेष्ठ नागरिक बीमितको संख्या ९ लाख ३० हजार ३९७ जना, एचआईभी संक्रमित बीमितको संख्या ३६ हजार ८८१ जना, अति अशक्त अपाङ्ग बीमितको संख्या १ लाख ४१ हजार २२३ जना, एमडिआर एक्सडिआर टिबि बीमितको संख्या ३ हजार ३३१ जना, कुष्ठरोग संक्रमित बीमितको संख्या ३ हजार ६८५ जना र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमितको संख्या १ लाख ३२ हजार ५६७ रहेको बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार