free website hit counter

स्वास्थ्य सचिवकै चालकलाई कोरोना

beemaadmin
२०७७ भाद्र ३, बुधबार

काठमाडौँ । कोरोना नियन्त्रणका लागि खटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालकमा कोरोना सङ्क्रमण देखिएपछि सचिव अर्याल होम क्वारेन्टिनमा बसेका छन्। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सचिव अर्याल एक हप्ता होम क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै मन्त्रालय आउने तयारीमा छन्। उनी आइतबार साँझबाट होम क्वारेन्टिनमा बसेका हुन् । अहिलेसम्म मन्त्रालयका ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार