free website hit counter

हकप्रदको लागि शिखर इन्स्योरेन्सले माघ २१ मा बुक क्लोज गर्ने

beemaadmin
२०७८ माघ १३, बिहीबार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी माघ २१ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै बुक क्लोजको अघिल्लो दिनसम्म अर्थात माघ २० गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिनसक्ने छन् ।
२०७७ चैत ९ गते सम्पन्न इन्स्योरेन्सको पन्ध्रौं तथा सोह्रौं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई एक कित्ता सेयर बराबर नयाँ ०।३ कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । इन्स्योरेन्सले एक सय अंकित दरको ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार