free website hit counter

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दै एनएलजी इन्स्योरेन्स

beemaadmin
२०८० असार २८, बिहीबार

काठमाडौं । चुक्ता पुँजी वृद्दिका लागि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले साउन १५ गते, सोमबार, आम्रपाली व्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा बिहानको साढे १० बजे शुरु हुनेछ। सभाले इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ ५० पैसाको १० बराबर ६.६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन ८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार साउन ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार