free website hit counter

हतारमा लकडाउन नहटाउन डब्लुएचओको चेतावनी

beemaadmin
२०७६ चैत्र २९, शनिबार

एजेन्सी । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि संसारभर चलिरहेको लकडाउनलाई हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताए । युरोपमा कोरोनाभाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाई गरेका थिए । यद्यपि, यहाँ लकडाउन अहिले पनि जारी छ । संसारभरी कोरोनाभाइरसको कूल १६ लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् भने एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
जेनेभाको एक पत्रकार सम्मलेनमा टेड्रोसले भने, हामी संसारभरीको सरकारसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेका छौं । यसमा हतार गरिनु हुँदैन । हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार