free website hit counter

हर्षोल्लासका साथ क्रिसमस मनाइँदै

beemaadmin
२०७६ पुष ९, बुधबार

काठमाडौं । डिसेम्बर २५ अर्थात् क्रिसमस डेको अवसरमा आज इशाई धर्मावलम्बीहरुले विशेष हर्षोल्लासका साथ पर्व मनाउँदै छन् । क्रिसमसको अवसरमा नेपालमा रहेका झण्डै १२ हजार चर्चमा इसाई धर्मावलम्बीहरुले खुशीयाली र प्रेम प्रकट गर्ने कार्यक्रम छ ।

क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । यद्यपि, क्रिश्चियन धर्मालम्बीले भने सार्वजनिक बिदाको माग गर्दै आइरहेका छन् ।

एक तथ्यांकअनुसार नेपालमा १२ हजार चर्च र २० लाख इशाई धर्मावलम्बीहरु रहेको अनुमान गरिएको छ । आज १२ हजार वटै चर्चमा विशेष प्रार्थना हुनुका साथै शुभकामना आदानप्रदान गरिन्छ । नेपाल राष्ट्रिय मण्डली संगतीका अध्यक्ष सूर्यबल तामाङले आज इसाई धर्मावलम्बीहरुको विशेष पर्व भए पनि राज्यले सार्वजनिक बिदा नदिएको असन्तुष्टि व्यक्त गर्नुभयो ।

त्यस्तै महासचिव डिल्लीराम पौडेलले अहिले सबै चर्चहरुमा प्रार्थना सभा भइरहेको र इसाई धर्मावलम्बीहरु उल्लासमय वातावरणमा शुभकामना आदाप्रदान गरिरहेको बताउनुभयो । उपत्यका लगायत देशका विभिन्न शहरहरुमा मुख्यचोक र ठूला डिपार्टमेन्टल स्टोर पार्कहरुमा गैर इसाईहरुले पनि क्रिसम ट्रि सजाएर धार्मिक सद्भाव देखाउने गरेका छन् ।

सम्बन्धित समाचार