free website hit counter

हाम्रो भान्सैमा छ त यति धेरै औषधि

beemaadmin
२०७६ चैत्र १३, बिहीबार

एउटा दालचिनिको वृक्षले एक दिनमा ९० केजी कार्बन लिन्छ र अक्सिजन फाल्न सक्छ । दालचिनी रोपे बाताबाराण पनि राम्रो हुन्छ, आर्थिक अवस्था पनि सुध्रिन्छ । बोक्राबाट तेल र दालचिनी बेच्न पाइन्छ भने पातबाट तेजपत्ता पनि बेच्न पाइने हुँदा फाइदै फाइदा १ यस्तो गुणकारी वृक्षलाई हाम्रो मुलुकमा जताततै रोपेर किन लाभ लिन सकिँदैन । यस दिशातर्फ किन सरकार वा सम्बन्धित निकायको ध्यान पुग्न सक्दैन रु हाम्रो भान्सामै प्रयोग हुने मरमसला पनि धेरै रोगका औषधि हुन् । ती औषधिलाई हामीले जानेर वा नजानेर पनि सेवन गरिरहेका छौं । कुनै पनि जडिबुटीले औषधिय काम गर्न त्यसको मात्रा र सेवनको समय मिल्नुपर्छ । अनिमात्र जडिबुटी औषधि बन्नसक्छ अन्यथा मसला मात्रै बन्न पनि सक्छ । दालचिनी प्रायः मसलाको रूपमा प्रयोग गरिन्छ । खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ । दालचिनीको सेवन दूधसँग पनि गर्न सकिन्छ । दालचिनीको धूलो दूधमा राखेर पिउनाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यति मात्र नभई दूधमा दालचिनी राखेर सेवन गर्नाले क्यान्सर र मधुमेह जस्तो बिमारीबाट छुटकारा पाउन सकिन्छ । यीबाहेक दालचिनीमा मह मिसाएर पिउनाले छाला सम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

दालचिनी राखेको दूध पिउनुको फाइदा
– थकाइ कम हुन्छ भने गाढा निद्रा पर्छ ।
– हड्डीलाई बलियो बनाउँछ ।
– प्रतिरक्षा प्रणालीमा सुधार आउँछ । साना बच्चाहरूका लागि निकै फाइदाजनक ।
– वायु र पेटसम्बन्धी समस्याबाट छुटकारा पाइन्छ ।
– कपाल बाक्लो र बलियो हुनुका साथै झर्ने समस्या कम हुन्छ ।
– छालासम्बन्धी थुप्रै समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

मसला पनि औषधि पनि
गरम मसलाको रूपमा भान्सामा उपयोग गरिने दालचिनीलाई सामान्य परिकारमा उपयोग गरिने मसला मात्र ठान्नु हुँदैन । यो मसला मात्र नभई उच्च गुणस्तरको औषधि समेत हो । यो एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल हुन्छ । आयुर्वेद अनुसार, दालचिनीले आर्थराइटिसको दुखाइ निको पार्छ । आयुर्वेदको तर्कलाई आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ । कोपेनहेगन विश्वविद्यालयमा गरिएको अध्ययनमा आधा चम्चा दालचिनीको धुलो एक चम्चा महसँगै खानाअघि दिनहु खाएमा एक सातामा आर्थराइटिसको दुखाइमा उल्लेख्य कमी आउँछ भने एक महिनापछि बिनाकष्ट हिँड्न सक्ने अवस्था आउँछ । दालचिनीले कपाल झर्न रोक्छ । दाँतको दुखाइमा राहत दिन्छ । आधा चम्चा दालचिनीको धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ । यसमा रगत जम्न नदिने गुण समेत पाइएको छ । अमेरिकाको कृषि विभागका अनुसन्धानकर्ताहरूले प्रकाशित गरेका अध्ययन प्रतिवेदन अनुसार दालचिनीले रगतको क्यान्सर र लिम्फोमा क्यान्सर कोषको वृद्घलिाई कम गर्छ । अमेरिकामा भएको एक अनुसन्धानले दालचिनी मधुमेह रोगीका लागि लाभदायक रहेको प्रमाणित गरेको छ । दालचिनीको प्रयोगले टाइप–२ मधुमेहबाट ग्रस्त रोगीमा रक्त सञ्चारको स्तरलाई सुधार गर्न सहयोग मिल्छ ।

अनेक छन् फाइदा
दालचिनीमा हुने पोलिफिनोल नामक तत्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलिन निष्काशन गर्न सहयोग गर्छ । त्यस्तै, रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी र ज्वरो ठीक हुन्छ । दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ । मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ । घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ । त्यस्तै, चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ ।

दालचिनी र महका फाइदा
– दालचिनी र मह मिसाएर खाएमा चिसो लागेको निको हुन्छ । तातो पानीमा धुलो दालचिनी मिसाएर पिउँदा खोकी पनि निको हुन्छ ।
– कब्जियत तथा एसिडिटी भएमा दालचिनीको धुलो खानाले आराम मिल्छ । साथै उल्टी हुने तथा दाँत दुख्ने समस्याको पनि दालचिनी समाधान हो ।
– टाउको धेरै दुख्न थाल्यो भने दालचिनीको धुलोको पेष्ट बनाएर लगाउँदा दुखाई कम हुन्छ ।
– चोटपटक लागेर सुन्निएको शरीरलाई दालचिनीको तेलले हल्का मालिस गर्दा सुन्निएको निको हुन्छ ।
– मुख गन्हाउने समस्याको अचुक औषधि हो दालचिनी । यसले तपाईंको समस्या तुरुन्तै समाधान हुन्छ ।

दालचिनी पानीका फाइदा
आयुर्वेदमा दालचिनीलाई औषधि मानिएको छ । दालचिनीलाई मसलाको रूपमा प्रयोग गरिन्छ । यसैलाई औषधिका रूपमा पनि प्रयोग गरिन्छ । दालचिनीले मोटोपन कम गर्नुका साथै अन्य थुप्रै समस्यामा समेत फाइदा पुर्याएको पाइन्छ । दालचिनी रगत सफा पार्ने औषधी नै हो । राति सुत्नुअघि र बिहान खाली पेटमा एक गिलास तातोपानीसँग एक चिम्टी दालचिनीको धुलो सेवन गर्नाले स्वास्थ्यमा निकै फाइदा पुग्छ ।

– मनतातो पानीमा एक चिम्टी दालचिनीको धूलो तथा एक चिम्टी मरिचको धूलो महसँग मिसाएर पिउँदा रुघा तथा चिसोका कारण उब्जिएको घाँटीको समस्या नीको हुन्छ ।
– दालचिनीको धूलोलाई तातो पानीसँग सेवन गर्दो जोर्नीको दुखाइमा राहत मिल्छ ।
– रक्तशोधक काम गर्ने भएकाले छालासम्बन्धी रोगका लागि दालचिनी निकै फाइदाजनक छ । डण्डीफोरको समस्याले आक्रान्त युवाहरूलार्य यसले निकै राहत प्रदान गर्छ ।
– अपच, मुखबाट अमिलो पानी तथा झुसिलो डकार आउने, एसिडिटी तथा पेटसम्बन्धी अन्य थुप्रै समस्यामा दालचिनीको प्रयोग लाभदायक मानिन्छ ।
– दालचिनीले पाचन प्रणालीलाई तन्दुरुस्त बनाई मेटाबोलिज्म बढाउँछ, मोटोपन भएका मानिसका लागि यो निकै लाभदायक छ ।
– रक्तनलीको ब्लकेज हटाउन गद्दत गर्छ । मुटुरोगीका लागि मात्र होइन सामान्य मानिसलाई मुटुरोगबाट बच्न सहयोग पुर्याउँछ ।
– दालचिनी पानीको सेवनले शरीरबाट हानिकारक टक्सिनहरू बाहिर निकाल्छ जसले गर्दा क्यान्सरजस्ता घातक रोगहरूबाट बच्न सकिन्छ ।
– राति सुत्नुअघि दालचिनी पानी पिउनाले कान कम सुन्ने, कान बज्ने तथा समस्यामा फाइदा दिन्छ ।

  • एजेन्सीहरूको सहयोगमा

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

लगातारको ओरालो यात्रामा नेप्से

beemaadmin
२०८१ बैशाख ६, बिहीबार