free website hit counter

हालसम्मकै उचाईमा पुग्यो सुनको मूल्य

beemaadmin
२०८२ आश्विन ५, आईतवार

काठमाडौं । असोज ५ गते, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य गत भदौ ३१ गते कायम भएको रेकर्डमा पुगेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत भदौ ३१ गते कायम गरेको ऐतिहासिक उचाईमा सुनको मूल्य पुगेको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आईतबार चाँदी तोलाको २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यले दुई हजार ५९५ रुपैयाँको उचाईलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार