free website hit counter

हालसम्मकै धेरै संक्रमित, निषेधाज्ञा खुलेसँगै उपत्यकामा फैलियो कोरोना

beemaadmin
२०७७ भाद्र ३०, मंगलवार

काठमाडौं । रोगभन्दा पनि भोक ठूलो भएपछि राजधानीको निषेधाज्ञा खुकुलो बनाएको एक साता नबित्दै कोरोना संक्रमित अहिलेसम्मकै धेरै भेटिएका छन् । मंगलबार देशभर थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस अवधिमा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ सय छ।

काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६७६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार २ सय २६ र भक्तपुरमा १ हजार १ सय १५ संक्रमित पुगेका छन्।

सम्बन्धित समाचार